रातोपुलमा दिउँसै त्यस्तो हुँदा नि कसैलाई पत्तै छैन भिडियो
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
माथिको फोटो गुगल अर्थबाट लिइएको हो। यसमा
काठमाडौँ महानगरपालिका वडा नम्बर ३३, रातोपुल क्षेत्र देखिन्छ। यो फोटोमा
देखिन्छ त्यहाँ कति घनाबस्ती रहेको छ। सोमबार दिउँसो त्यहाँ एउटा ठूलै घटना
भयो। के तपाईँले थाहा पाउनु भयो ? यत्रा विधि न्युज च्यानल, यत्रा विधि
पत्रिका, यति धेरै एफएमहरु छन्। राजधानीको घना भएको यो घटनाबारे मैले
भोलिपल्ट राति अबेरमात्र थाहा पाएँ। खासमा के भएको थियो त ?
रातोपुलमा रहेको विनोद पोदारको घरमा वैशाख ३० गते सोमबार दिउँसै (उज्यालोमै) १५/२० लाख रुपियाँको धनमाल लुटियो। प्रहरीका अनुसार घटना विवरण यस्तो छ-
अपराह्न करिब ४ बजेतिर ३/४ जनाको संख्यामा
अपरिचित व्यक्तिहरु घरभित्र पसे। विनोदकी ५० वर्षकी श्रीमती सुलोचना
अग्रवाललाई नियन्त्रणमा लिए, कुटपिट गरे। हात बाँधे। एक लाख रुपियाँ त नगदै
लुटे। सुनका गहनासहितका धनमाल पनि लुटेर लगे।रातोपुलमा रहेको विनोद पोदारको घरमा वैशाख ३० गते सोमबार दिउँसै (उज्यालोमै) १५/२० लाख रुपियाँको धनमाल लुटियो। प्रहरीका अनुसार घटना विवरण यस्तो छ-
घाइते सुलोचनालाई उपचारका लागि हिमाल अस्पताल भगवती बहालमा लगिएको छ। लुटेराहरुको बारेमा अहिलेसम्म केही पनि थाहा हुन सकेको छैन।
यो घटनाबारे प्रहरीको नियमित बुलेटिनमा हिजो एउटा सानो समाचार थियो। बोक्ने र ठोक्ने वा रमिते बन्न व्यस्त मिडियाहरुमा यो समाचार आएको देखिएन। हाम्रा मिडियाहरु किन यति धेरै राजनीतिमा चासो राख्ने भएको होला ? मेरो अनुभवमा त कम्तिमा अनलाइनमा पाठकहरुको रुचि राजनीतिक समाचारमा कम देखिएको छ।
यो समाचार धेरैले थाहा पाउने गरी सार्वजनिक भएको भए कम्तिमा राजधानीको सुरक्षा व्यवस्था बारे सम्बन्धित पक्ष सतर्क हुन बाध्य हुन्थे होला। अथवा राजधानीवासी सुरक्षाका थप उपाय अपनाउनेतर्फ सोच्थे होला। घना बस्तीमा दिउँसै त्यसरी लुटपाट मच्चाएर लुसुक्क भाग्न कसरी सके होला भन्नेमा चिया पसलमा बहस हुन्थ्यो होला। प्रहरीलाई अनुसन्धान द्रुत गतिमा सकाउन दबाब पर्थ्यो होला। यहाँ त लुटपाट मच्चिएको पनि थाहा छैन, समातिँदा पनि थाहा हुन्न होला।
दुई प्रश्न तपाईँलाई।
तपाईँको विचारमा माथिको घटना समाचार बन्न लायक हो कि हैन ? हो भने घटना भएको यति धेरै दिनसम्म किन यो बारे तपाईँलाई थाहा नभएको होला ?
के तपाईँले प्रयोग गर्ने मिडियाले तपाईँले थाहा पाउन खोजेका वा थाहा पाउनै पर्ने जस्तो लागेका समाचार दिइरहेका छन् ?
आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
Category:


i like your opinion ....... Damm media ,,,
ReplyDelete